धादिङ १ मा कृष्ण रिजाललाई निर्वाचन जिताउन एकजुट

धादिङ १ मा कृष्ण रिजाललाई निर्वाचन जिताउन एकजुट

काठमाडौं । नेपाली कांग्रेस सिद्धलेक गाउँ कार्यसमितिद्वारा आयोजित समन्वय बैंठक सम्पन्न भएको छ ।गाउँपालिकाको वडा नम्बर ६ स्थित परेवाटार धादिङमा बसको बैंठकले विभिन निर्णय गरेको छ ।

निर्वाचन परिचालन समितिको समन्वय बैंठकले खासगरी धादिङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर एकका उम्मेदवार कृष्ण रिजाललाई निर्वाचन जिताउने बिषयमा महत्वपूर्ण निर्णय गरेको हो । सिद्धलेक कार्यसमितिका सभापति रामशरण गिरीको सभापतित्व र नेपाली कांग्रेस धादिनंका बरिष्ठ नेता हरि अधिकारीको प्रमुख आतिथ्यतामा भएको बैंठकले कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य रमेश विश्वकर्मा , शिवनाथ ढकाल , शिव सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

बैंठकले विभिन्न निर्णयहरु गर्दै २ सय १ सदस्यीय निर्वाचन परिचालन समिति गठन गर्नुका साथै रमेश ढुंगानाको नेतृत्वमा युवा परिचालन समिति को अध्यक्षमा सिद्धलेक तरुण दलका अध्यक्षलाई तोक्ने निर्णय गरेको छ ।

कार्यक्रममा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका रिजाल र समानुपातिक उम्मेदवार उर्मिला थपलियालाई जिताउन पार्टीको सबै तह र पंक्ति एक जुट भएर लाग्ने प्रतिवद्धता पनि जनाइएको थियो । कार्यक्रममा रिजालले आफूलाई अमूल्य मत दिएर जिताउन आम मतदातामा अपिल पनि गर्नु भयो । धादिङ क्षेत्र नम्बर -१ अहिले नेपाली कांग्रेसको बलियो प्रभाव बढ्दै गयको क्षेत्र हो । यस पटक कांग्रेसको जित सुनिश्चित जस्तै रहेको कार्यक्रमका वक्ताहरुले बताएका थिए ।

प्रकाशित मिति:     १६ माघ २०८२, बिहीबार  |    Himali Khabar