पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छ्न । अविश्वास प्रस्तामाथि मतदान हुनु एक दिन अघि मुख्यमन्त्री गुरुङले राजीनामा दिएका हुन ।
प्रदेशसभामा पेस भएको अविश्वास प्रस्तावमाथि भोलि मतदान हुने कार्यसूची थियो । प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष गुरुङले राजीनामा बुझाएका हुन । अल्पमतमा पर्ने देखिएपछि उनले राजीनामा दिएका हुन ।