नेपालमा पोडवे कहाँ–कहाँ चलाउन सकिन्छ, कति लाग्छ लगानी ?

नेपालमा पोडवे कहाँ–कहाँ चलाउन सकिन्छ, कति लाग्छ लगानी ?

नील भट्टराई, काठमाडौ पोडवे


पछिल्लो समय निकै चर्चामा रहेको पोडवे सेवा खासमा के हो ?
संसारमा विभिन्न किसिमका यातायात प्रणाली छ । जस्तो, रेल, मोनोरेल लगायत तिनीहरु जस्तै पोडवे पनि एउटा नविन प्रविधि आधारिक यातायात साधन हो । यसको प्रिन्सिपल चाहि रेलसँग मिल्छ । रेललाई यन्त्रको सहायताले लिकमा हिड्ने यातायात हो । यो पोडवे यन्त्रको सहायताले लिकमा हिड्ने साधन हो । एआई विकास भएसँगै यो ड्राइभर लेस हुन्छ । सेन्ट्रल कम्प्युटरबाट कन्ट्रोल हुन्छ,  डेडिकेटेड ट्रयाकमा चल्छ । यसलाई फरक–फरक क्षमतामा पनि संचालन गर्न सकिन्छ । यो २१ औं शताब्दीमा विकसित भएको माइक्रोरेल प्रविधि हो । एउटा रेलले २ हजार प्यासेन्जर बोकेर हिड्छ । सेवाका हिसाबले यसलाई रेलसँग तुलना गर्ने हो भने रेल बराबर नै छ । जस्तो एउटा पोडवेमा ४० जनाको दरले ५० वटा पोडमा २ हजार नै यात्रु बोक्छ ।


हाम्रो जस्तो कम जनसंख्या भएको ठाउँमा रेल चलायौं भने त्यो फिजिबल नहुन सक्छ । किन भने प्यासेन्जरको कारण रेल बिहान छुट्यो भने एकैपटक बेलुका छुट्नुपर्छ । यो त अनुकुल समयमा जान सकिन्छ ।


विश्वका अन्य देशमा यसको प्रयोग कस्तो  छ ?
यो सन् २०२१ मा सटिफाइड भयो । बेलारुस र दुबईमा संचालन भयो, बेलारुस भनेको संसारको अत्यन्त चिसो ठाउँ र, दुबई संसारको सबैभन्दा गर्मी ठाउँ हो । यी दुबै ठाउँमा परीक्षण गरेर सटिफाइड गरियो । यसले के देखाउछ भने सबै मौसममा यो प्रविविध उपयुक्त छ ।

अझ हामीले हाम्रो भूगोललाई हुन्छ कि हुँदैन भनेर अनुसन्धान गरेर नै हामीले अघि बढाएका हौ । कसैले भनेको कुरालाई अन्तिम सत्य मान्ने भन्दा पनि बैज्ञानिक अध्ययनबाट यसलाई अघि बढाउने भन्नेमा हामी अघि बढिरहेका छौं ।


नेपालमा यो प्रविधि ल्याउने सोच कसरी आयो ?
हामीले नेपालमा सन् २०१९ मा कम्पनी दर्ता गर्यौं । तर, त्यो बेलामा युनिस्की स्किन टेक्नोलोजी भन्दा पनि अर्को एउटा अमेरिकन प्रविधि ल्याएर काम गर्ने सोच बनाएको थियौ । यो पोड वे प्रणालीमै आधारित रहेको अमेरिक प्रविधि हो । तर, त्यो प्रविधि कहि पनि सटिफाइड नभएको, र कन्सेप्ट मात्रै भएको भन्ने थाहा पाएपछि सटिफिकेसन नभएको प्रविधि ल्याउने कुरै भएन । त्यसपछि बुझ्दा संसारमा यस्तै ५ वटा प्रविधि भेट्यौं । त्यसमा सटिफाइड भएको प्रविधि युनिस्की भएपछि अनि हामीले यसलाई अघि बढाएको हो ।


सरकारले बजेट मार्फत काठमाडौं–हेटौडा पोडवेले जोड्ने भनेको छ । यसले त निकै उत्साहीत बनाएको होला हैन ?
काठमाडौं–हेटौंडा रोपवे जुन लामो समयदेखि बन्द छ । त्यसको विकल्पका रुपमा सरकारले नविन प्रविधिमा आधारित पोडवे सेवा सुरु गर्ने भनेको छ । यो सकारात्मक हो । तर बजेटले सम्बोधन मात्रै भन्दा पनि कार्यान्वयन गर्नुपर्यो ।

चालू आर्थिक वर्षमा पनि पृथ्वीमार्गको विभिन्न ठाउँ हुँदै गोरखाबाट पुनः पृथ्वीराजमार्ग नै जोड्ने गरि यो प्रविधि विकास गर्ने घोषणा गरियो तर कार्यान्वयन भएन ।
नेपाललाई वैकल्पिक सार्वजनिक यातायात र ढुवानीको विकल्प पोडवे हो । देशभर यसको आवश्यकता छ । सरकारले यसलाई अब कार्यान्वयनमा लैजान पर्छ ।


नेपालमा कहाँकहाँ संचालन गर्ने गरि अध्ययन गरिएको छ ?
हामीले एभरेष्ट बेसक्यापमा पनि यो चलाउने गरि अध्ययन गरेका छौं । जसका लागि ओखलढुंगाको पातलेबाट कोङगेहिलसम्म ४२ किलोमिटर अध्ययन भएको छ । सुर्खेतदेखि लिमिसम्मको पनि अध्ययन गरेका छौं । यस्तै काठमाडौं उपत्यकामा एकसय किलोमिटर क्षेत्रमा अध्ययन गरेका छौं । लुम्बिनी विकास कोष भित्र ६ किलोमिटर अध्ययन गरेका छौं  । त्यहाँ त हामीलाई डिपिआर गर्न भनेर पत्र दिनु भयो तर सम्झौता मात्र नगरिदिएका कारण मात्र काम रोकिएको हो । त्यो पनि विश्वसम्पदाले सबै आयोजना रोक्न भनेको भएर रोकिएको हो । कोशी प्रदेशमा रानीभन्सारदेखि विराटनगर बसपार्कसम्म ७ किलोमिटर हाम्रै लगानीमा बनाउने सम्झौता भइसकेको छ।  डिपिआरको तयारी भइरहेको छ । यसलाई फेजवाइज धरानसम्म लाने योजना छ । त्यो पनि अहिले कै सडक मार्ग हुँदै । त्यो बाहेक हाम्रो जस्तो भौगोलिक विकटता भएको सबै ठाउँमा यो उपयुक्त छ ।

यसलाई सार्वजनिक यातायाताको विकल्प बनाउने तपाईहरुको सोचाई हो ?
हो, यसबाट कुनै ७, ८ सय भाडा उठाएर विशेष योजनाका लागि बनाउने भन्दा पनि फेयरफेयर फर्मुला, शुलभ भाडादरमा यात्रा गराउन सकिन्छ । सरकारले सार्वजनिक यातायातलाई विकासको आधारको रुपमा नलिगेसम्म देश विकास सम्भव छैन । दीगो, भरपर्दो र सर्वसुलभ सार्वजनिक यातायात बिना देशको विकास सम्भव छैन । सार्वजनिक यातायातमा ठुलो परिवर्तन ल्याउने र नागरिकलाई सहजता दिने हो भने ढिलो चाडो पोडवेलाई नअंगालीनै सुखै छैन ।

प्रकाशित मिति:     ३० जेष्ठ २०८२, बिहीबार  |    Himali Khabar