पर्यटन उत्थानमा बजेट केन्द्रित गर्न बोर्डलाई सुझाव

पर्यटन उत्थानमा बजेट केन्द्रित गर्न बोर्डलाई सुझाव

काठमाडौं । आर्थिक वर्ष २०७८/०७९ को बजेटको तयारी गर्दै गरेको पर्यटन बोर्डलाई व्यवसायीहरूले कोभिड प्रभावित समग्र पर्यटन क्षेत्रको उत्थानका लागि बजेट केन्द्रित गर्न सुझाव दिएका छन् । बिहीबार बोर्ड मार्फत आयोजित भर्चुअल कार्यक्रममा बोल्दै सरोकारवाला व्यक्तिहरुले बोर्डलाई यस्तो सुझाव दिएका हुन् ।

कोभिड–१९ को उच्च चपेटामा परेको पर्यटन क्षेत्रको सुधार एंव वृद्धि विकाससँगै प्रभावित व्यवसायी, श्रमिक, गाइड तथा पोर्टलहरुको व्यवसायीक सुरक्षामा बोर्डको बजेट केन्द्रित हुनुपर्ने सुझाव दिएका छन् ।
साथै, कोभिड–१९ को प्रभाव तत्काल अन्तर्राष्ट्रिय पर्यटकहरु आगमन हुने संभावना नभएको अवस्थामा सो क्षेत्रको गतिशीलताका लागि आन्तरिक पर्यटन प्रवद्र्धनका कार्यक्रमहरु ल्याउनु पर्नेमा उनीहरुले जोड दिएका छन् ।

बोर्डले आगामी बजेटका लागि सरोकारवाला निकायहरुसँग राय, सल्लाह तथा सुझावका लागि सो कार्यक्रमको आयोजना गरेको हो । प्राप्त सल्लाह, सुझावलाई बोर्डले बजेट मार्फत सम्बोधन गर्ने बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले जानकारी दिए ।

प्रकाशित मिति:     १७ असार २०७८, बिहीबार  |    Himali Khabar