हिमालय बैंकले गर्यो नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्ज हुने निर्णय

हिमालय बैंकले गर्यो नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्ज हुने निर्णय

काठमाडौं । हिमालय बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्ज हुने निर्णय गरेको छ । यी दुई बैंकहरू आपसमा मर्ज भएमा सबैभन्दा बढी लगानीको बैंक बन्ने निष्कर्षसहित हिमालयन बैंकले इन्भेष्टमेन्ट बैंकसँग मर्ज हुने निर्णय गरेको हो ।

शुक्रबार बसेको हिमालयन बैंकको बोर्ड बैठकले मर्जरसम्बन्धी निर्णय गरेको स्रोतले बतायो ।

दुई बैंकबीच मर्जरका लागि यस अघिदेखि नै छलफल चल्दै आएको थियो । राष्ट्र बैंकले नेपालमा बैंकहरुको संख्या घटाउने नीति अन्तरगत मर्जरको नीतिलाई प्रोत्साहन गर्दै आइरहेको छ । मर्जका लागि बैंकको नाम, संचालक र प्रमुख कार्यकारी अधिकृत लगायतको पदमा समेत सहमती भैसकेको छ ।

प्रकाशित मिति:     २५ बैशाख २०७८, शनिबार  |    Himali Khabar