नेपालको पर्यटन प्रवद्र्धनका लागि वरिष्ठ पर्यटन व्यवसायी शर्माले मलेसियामा गरे यस्ता प्रयास !

नेपालको पर्यटन प्रवद्र्धनका लागि वरिष्ठ पर्यटन व्यवसायी शर्माले मलेसियामा गरे यस्ता प्रयास !

काठमाडौं । वरिष्ठ पर्यटन व्यवसायी एवम् नेशन अफ हवाईका महावाणिज्यदूत तेजेन्द्र शर्मा पौडेलले नेपालको पर्यटन प्रवद्र्धनका लागि मलेसियाको विभिन्न कार्यक्रमहरुमा सहभागीता जनाउनु भएको छ । मलेसियाको क्वालालम्पुरमा नेशन अफ हवाई मलेसियाको वाणिज्य दूतावास कार्यालय उद्घाटन कार्यक्रममा सहभागि हुनुभएका पौडेलले त्यहाँ विभिन्न मुलुकका पर्यटन व्यवसायीहरुलाई नेपालको पर्यटन सम्भावनबारे जानकारी दिदै भ्रमणका लागि आह्वान गर्नुभएको थियो ।

त्यहाँ उहाँले मलेसियन ट्राभल एसोसिएसन (माटा) का अध्यक्ष, सार्कसहित अन्य विभिन्न मुलुकका पर्यटन व्यवसायीहरुसंग समुहगत एवम् छुट्टाछुट्टै भेट गरि नेपालमा विदेशी पर्यटकका लागि आकर्षक गन्तव्य भएकाले अविस्मरणीय अनुभवका लागि नेपाल आउन निम्तो दिनुभयो ।

सो अवसरमा उहाँले नेशन अफ हवाईका राष्ट्र प्रमुख पुउहोनुआ डीके बम्पी कानाहेले र माननीय राष्ट्र प्रमुखसहित विभिन्न देशका लागि हवाई राज्यका अवैतनिक महावाणिज्यदूतहरुसँग छुट्टाछुट्टै भेटघाट र छलफलमा भाग लिनुभएको थियो । अवैतनिक महावाणिज्यदूत पौडेलले मलेसिया भ्रमणका क्रममा नेपाली राजदूतावास क्वालालम्पुरमा आफ्ना समकक्षी तथा विशिष्ट अतिथिहरुसँग छलफल सत्र आयोजना गर्न पहल गर्नुभएको थियो । सो अवसरमा दुइदेश बीचको पर्यटन, व्यापार, सामाजिक सेवा लगायतका क्षेत्रमा थप सम्बन्ध विस्तार गर्दै लैजानुपर्ने धारण राख्नुभयो ।

उक्त कार्यक्रममा महावाणिज्यदूत पौडेललाई पनि कदर पत्रले सम्मान गरिएको थियो । उहाँलाई हवाई राज्यका प्रमुख आरटी होन पुउहोनुआ डीके बम्पी कानाहेले र उपमुख्यमन्त्री तथा परराष्ट्रमन्त्री माननीयले संयुक्त रूपमा सम्मान गर्नुभएको थियो । मलेसियाको कार्यक्रम एम्बास्डर एट लार्ज अफ नेशन अफ हवाई महामहिम एचइ वोङ्ग कोक वाइको अगुवाईमा भएको थियो ।

करिव एकसाता लामो भ्रमणले द्विपक्षीय र बहुपक्षीय व्यापार, पर्यटन र अन्य क्षेत्रमा लगानी प्रबर्द्धनमा ठुलो मद्दत पुग्ने उहाँको विश्वास छ ।

गाउँले पर्यटन–नेपाल (भिटोन) का अध्यक्ष समेत रहेका शर्मा तीन दशकदेखि पर्यटनमा क्रियाशिल हुनुहुन्छ । उहाँले विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाको विभिन्न जिम्मेवारीमा रहेर मुलुकको पर्यटन विकासमा लागिरहनु भएको छ ।

प्रकाशित मिति:     १३ श्रावण २०७९, शुक्रबार  |    Himali Khabar