एनएमएका नवनिर्वाचित कार्यसमितिले जिम्मेवारी सम्हाले

एनएमएका नवनिर्वाचित कार्यसमितिले जिम्मेवारी सम्हाले

काठमाडौं । नेपाल पर्वतारोहण संघको नवनिर्वाचित कार्यसमितिले सपथ तथा पदभार ग्रहण गरेको छ।

शुक्रबार आयोजित संघको कार्यक्रममा निर्वाचन अधिकृत गोकुल बुर्लाकोटीले संघका नवनिर्वाचित पदाधिकारीहरूलाई पद तथा गोपनीयताको सपथग्रहण गराएका हुन्।

गत जेठ २७ गते सम्पन्न भएको निर्वाचनबाट नयाँ कार्यसमिति निर्वाचित भएपछि पुरानो कार्यसमितिका सदस्यलाई बिदाइ गरिएको छ भने नयाँ कार्यसमितिको स्वागत पनि गरिएको छ।

निवर्तमान अध्यक्ष सन्तवीर लामाले आफ्नो कार्यभार नवनिर्वाचित अध्यक्ष निमानुरु शेर्पालाई हस्तान्तरण गरे। यसैगरी, संघका निवर्तमान महासचिव कुलबहादुर गुरूङले नवनिर्वाचित महासचिव मोहन लम्साललाई आफ्नो पदभार हस्तान्तरण गरेका छन्।

प्रकाशित मिति:     ११ असार २०७९, शनिबार  |    Himali Khabar