गौतमबुद्ध विमानस्थलमा वायुसेवा निगमको वाइडबडी सफल अवतरण

गौतमबुद्ध विमानस्थलमा वायुसेवा निगमको वाइडबडी सफल अवतरण

काठमाडौं । नेपाल वायु सेवा निगमको ए–३३० वाइडबडी भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सफल अवतरण गरेको छ।

दिउँसो ३ बजे उडान निर्धारित भए पनि दुई घण्टा डिले भएर ५.०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो।

जहाज ५.५५ बजे अवतरण भएको हो। अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा गौतमबुद्ध विमानस्थलमा पहिलो पटक वाईडबडीले उडान भरेको हो।

प्रकाशित मिति:     १६ बैशाख २०७९, शुक्रबार  |    Himali Khabar