काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीसँग स्पष्टीकरण सोधेका छन् । मन्त्री आलेले निगम प्रमुख अधिकारीले निगमको एउटा ट्विनेटर जहाज भाडामा दिएको विषयमा स्पष्टीकरण सोधेको बताए ।
एउटा ट्विनेटर जहाज निजी कम्पनीलाई भाडामा दिएको हुनाले के कति कारणले दिएको हो भनेर स्पष्टीकरण सोधेको बताएको छ । जहाज भाडामा दिने र दिएको विषयमा मन्त्रालयलाई कुनै जानकारी नगराइएको मन्त्रालयको दावी छ ।
निगम स्रोतको दाबीअनुसार नेपाल एयरलाइन्सले साउदी अरेबियाको रियादमा पहिलो उडान सुरु गर्दा मन्त्रीका व्यक्ति नपरेकाले त्यसको रिसमा स्पष्टीकरण मागिएको हो ।