सगरमाथासहित १८ हिमाल आरोहणका लागि ५०५ जनाले लिए अनुमति

सगरमाथासहित १८ हिमाल आरोहणका लागि ५०५ जनाले लिए अनुमति

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथासहित नेपालका १८ हिमाल आरोहणका लागि यस वर्ष ५ सय ५ जनाले अनुमति लिएका छन्।

विभागको तथ्यांक अनुसार आरोहणका लागि अनुमति लिनेमा ३ सय ८९ जना पुरुष र ११६ जना महिला छन्।

यस वर्ष आमादब्लम हिमालका लागि ४ समूहका ३९ जना, अन्नपुर्ण–१ मा ४ समूहका २६ र ल्होत्से हिमाल आरोहणका लागि ६ समूहका ५२ जनाले अनुमति लिएका विभागले जनाएको छ।

अहिलेसम्म हिमाल आरोहणको टोलीबाट सरकारलाई २९ करोड ७४ लाख ३४ हजार ८०१ रोयल्टी प्राप्त भएको छ।

प्रकाशित मिति:     २८ चैत्र २०७८, सोमबार  |    Himali Khabar