सार्वजनिक यातायातमा भाडा बढाउने सरकारको निर्णय

सार्वजनिक यातायातमा भाडा बढाउने सरकारको निर्णय

काठमाडौं । नेपालमा पहिलोपटक सार्वजनिक यातायातका साधनको भाडादरमा स्वचालित प्रणाली लागू भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै स्वचालित भाडा प्रणाली सम्बन्धी कार्यविधि स्विकृत गरेकी हुन् ।

मन्त्रालयले उक्त कार्यविधि स्विकृत गरेर यातायात व्यवस्था विभागलाई पठाइसकेकाले उक्त कार्यविधि अनुसार भाडादर निर्धारण गर्ने काम भइरहेको विभागका महानिर्देशक नमराज घिमिरेले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार स्वचालित भाडा प्रणाली लागू भएसँगै अबदेखि पेट्रोलियम पदार्थको मुल्य पाँच प्रतिशत घटबढ हुँदा सार्वजनिक यातायातका साधनको मुल्य पनि घटबढ हुने छ । पेट्रोलियम पदार्थको मुल्य पाँच प्रतिशतभन्दा कमको तलमाथि हुँदा भने सार्वजनिक सवारीको भाडा चलाइने छैन ।

यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडा १० देखि १५ प्रतिशतसम्म बढाउने निर्णय गरेको हो।

प्रकाशित मिति:     १७ चैत्र २०७८, बिहीबार  |    Himali Khabar