काठमाडौं । ट्राभल एण्ड टुर्स व्यवसायीहरुको संस्था नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को चैत्र १७ गते हुने निर्वाचनमा रमेश थापाको नेतृत्वमा सत्तारुढ दल आवद्ध व्यवसायी प्यानल सहित चुनावी मैदानमा उत्रिएका छन् ।
उनको नेतृत्वमा सत्तारूढ दलमा आवद्ध व्यवसायीहरुको एक ठाँउमा उभिएका छन् । थापा समुहको बरिष्ठ उपाध्यक्षमा प्रमोद दाहाल, उपाध्यक्षमा बरुण मेहता, महासचिवमा कुमारमणि थपलिया, सचिवमा युविका भण्डारी, कोषाध्यक्षमा राजकुमार देवकोटा र सह–कोषाध्यक्षमा राजा शाक्य रहेका छन । त्यस्तै सदस्य पदका उम्मेद्वारहरुमा ढकनाथ काफ्ले, नमराज भेटुवाल, परशुराम घिमिरे, राम शोभित नायक, डेन्डी शेर्पा, महेश कोईराला (दीपक), श्रद्धा जोशी र सवला भण्डारी रहेका छन ।
को हुन कोषाध्यक्ष देवकोटा
थापा प्यानलबाट काेषाध्यक्षका उम्मेदवार राजकुमार सापकोटा वल्ड फेवर ट्राभल एन्ड टुर्सका सन्चालक हुन । उनीसंग पर्यटनको दुइदशक भन्दा लामो अनुभव छ । यसअघि उनले नाट्टामा कार्यसमिति सदस्यमा रहेर काम गरिसकेका छन् । उनी व्यवसायसंगै समाजसेवामा पनि उत्तिकै सकृय छन् । नाट्टाकाे काेषकाे व्यवस्थापन, कोरोना प्रभावित पर्यटन पुनस्र्त्थान लगायतको क्षेत्रमा काम गर्ने उनको घोषणा छ । आफ्नो अनुभवलाई नाट्टामा रहेर व्यवसायीक हितमा लगाउने भन्दै सबैलाई मतदानका लागि आग्रह गरे ।
