आन्तरिक उडान गर्नेलाई खोप कार्ड अनिवार्य

आन्तरिक उडान गर्नेलाई खोप कार्ड अनिवार्य

काठमाडौं । पछिल्ला दिनमा कोरोना भाइरस संक्रमणदर अत्यधिक बढेपछि वायुसेवा सञ्चालक संघ नेपालले आन्तरिक हवाई उडानमा कडाइ गरेको छ।

संघले हिजो सूचना जारी गर्दै हवाईजहाजभित्र स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने, प्रत्येक उडानपछि हवाईजहाज र व्यागेज निसंक्रमित गनुपर्ने, चेक इन बोर्डिङ क्लेम गर्ने स्थान तथा प्रतीक्षालयमा भीडभाड नगर्ने, अनिवार्य रूपमा जनस्वास्थ्यको मापदण्ड पालना गर्ने र हवाईयात्रुले विमानस्थल प्रवेश गर्दा कोभिड-१९ विरुद्धको खोप लगाएको कार्ड वा फोटो बोक्नुपर्ने जस्ता व्यवस्था गरेको छ।

प्रकाशित मिति:     ६ माघ २०७८, बिहीबार  |    Himali Khabar