सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पुर्पक्षका लागि जेल चलान

सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पुर्पक्षका लागि जेल चलान

काठमाडौं । सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पुर्पक्षका लागि कारागार चलान भएका छन्।

ठगी तथा संगठित अपराध मुद्दा लागेका तामाङलाई बुधबार जिल्ला अदालत काठमाडौंले जेल चलानको आदेश दिएको हो। उनीसँगै पक्राउ परेका सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठ पनि जेल चलान भएको जिल्ला अदालतका स्रेस्तेदार ज्ञानेन्द्र इटेनीले बताए।

केन्द्रीय अनुसन्धान ब्युरोले सिभिल सहकारी ठगी प्रकरणमा तामाङ, श्रेष्ठसहित १२ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो।

प्रकाशित मिति:     १४ पुष २०७८, बुधबार  |    Himali Khabar