उच्च व्यापार घाटा, घट्दो रेमिटेन्सले अर्थतन्त्र संकटमा

उच्च व्यापार घाटा, घट्दो रेमिटेन्सले अर्थतन्त्र संकटमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको वित्तीय अवस्थाअनुसार चालू आर्थिक बर्षको ४ महिनामै शोधानान्तर स्थिती १ खर्ब ५० अर्बले घाटामा छ । उच्च व्यापार घाटा, घट्दो रेमिटेन्सका कारण शोधनान्तर घाटा बढेको हो । यो अहिलेसम्मकै उच्च घाटा हो । गत वर्ष यही अवधिमा मुलुकको भुक्तानी अवस्था १ खर्ब १० अर्बले बचतमा थियो ।

मुलुकको चालु खाता पनि २ खर्ब २३ अर्ब १९ करोडले घाटामा छ । अघिल्लो वर्षको यही अवधिमा चालु खाता १९ अर्ब १ करोडले बचतमा थियो । चालु आर्थिक बर्षमा ६ खर्ब ५० अर्ब २९ करोड रुपैयाँको बस्तु तथा सेवा आयात भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार यो अवधीमा कुल वस्तु आयात ६१ दशमलव ६ प्रतिशतले वृद्धि भएको छ । वस्तु निर्यात पनि १ सय ४ दशलव ३ प्रतिशतले वृद्धि भई ८२ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । यो अवधीमा ३ खर्ब १२ अर्ब रेमिटेन्स भित्रिएको छ ।

प्रकाशित मिति:     २९ मंसिर २०७८, बुधबार  |    Himali Khabar