काठमाडौं । युवा पर्यटन व्यवसायी कृष्णबहादुर सुवेदी नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको “टुरिजम डेभलपमेन्ट इन द प्रोभिनेन्स” उपसमितिको सदस्यमा मनोनीत भएका छ्न । यो महासंघको पर्यटन तथा हवाई यातायात समिति अन्तर्गतको उपसमिति हो । समितिको हिजो बसेको बैठकले उनलाई सदस्यमा मनोनीत गर्ने निर्णय गरेको हो ।
यो समितिको सभापति महासंघको कार्यकारिणी समितिका सदस्य ज्योत्सना श्रेष्ठ छिन भने सह–सभापतिमा नाटाका अध्यक्ष अच्युत गुरागाईं, नेपाल टुरिजम वोर्डकी निर्देशक नन्दिनी लाहे थापा र टानका अध्यक्ष खुमबहादुर सुवेदी रहेका छन् ।
दुई दशकदेखि पर्यटन क्षेत्रमा सकृय सुवेदीले आफ्नो अनुभवलाई मुलुकको पर्यटन विकासमा लगाउन उक्त उपसमितिमा रहेर काम गर्ने बताए ।
नेपाल क्लाइम्बिङ एडभेञ्चर प्रा.लिका प्रबन्ध निर्देशक सुवेदी गाउँले पर्यटन विकासका लागि स्थापित संस्था भिटोफ नेपालको पुर्व सह-कोषाध्यक्ष समेत हुन ।