एप्पलले सार्वजनिक गर्‍यो नयाँ म्याकबुक र एयरपड, मूल्य कत्ति ?

एप्पलले सार्वजनिक गर्‍यो नयाँ म्याकबुक र एयरपड, मूल्य कत्ति ?

काठमाडौं । एप्पलले अनलिस्च्ड इभेन्टबाट म्याक र एयरपडका नयाँ मोडल सार्वजनिक गरेको छ। भर्चुअल कार्यक्रमको माध्यमबाट कम्पनील नयाँ म्याकबुक, एयरपोड र होमपड मिनी सार्वजनिक गरेको हो। एप्पलले आफ्नो म्याकबुक प्रो लाई विशेष हाइलाइट गरेको छ। यसमा आफ्नै एमवान चिप प्रयोग गरिएको छ।

कम्पनीले दुई डिस्प्ले साइजका म्याकबुक प्रो सार्वजनिक गरेको छ। जसमा १४.२ र १६.२ इन्चका छन्। १४.२ इन्चको म्याकबुक प्रोलाई अन्तर्राष्ट्रिय बजारमा १९९९ अमेरिकी डलर मूल्य पर्ने छ भने १६.२ इन्चको म्याकलाई २४९९ डलर मूल्य पर्ने कम्पनीले बताएको छ।

एप्पलले आफ्नो नयाँ एयरपड पनि सार्वजनिक गरेको छ। ६ घण्टासम्म निरन्तर संगित सुन्न सकिने यसको मूल्य भने १७९ डलर रहेको छ। त्यस्तै कम्पनीले होमपड मिनी पनि सार्वजनिक गरेको छ। यसको मूल्य ९९ अमेरिकी डलर हरेको छ।

प्रकाशित मिति:     २ कार्तिक २०७८, मंगलवार  |    Himali Khabar