काठमाडौं । होटल संघ नेपाल (हान) ले ४० प्रतिशत भन्दा बढी नागरिकले कोभिड विरुद्धको खोप लगाइसकेकोले अन्तर्राष्ट्रिय जगतमा मुलुकलाई रेड जोनबाट हटाउन पहलको माग गरेको छ। संघले विश्व पर्यटन दिवसका अवसरमा यो माग गरेको हो।
संघले सरकारबाट जारी भएको विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरुको यात्रा व्यवस्था सम्बन्धी आदेश २०७८को शीघ्र कार्यान्वयनको माग संघले गरेको छ। अन्तर्राष्ट्रिय पर्यटकलाई एक महिनाको निःशुल्क प्रवेशाज्ञा जारी गर्ने व्यवस्था पनि अविलम्ब लागू गर्न संघले माग गरेको छ।
लामो समयसम्म थला परेको पर्यटन विशेष गरी होटल उद्योग हाल नेपाल सरकारबाट जारी भ्रमण आदेशमा निर्धारित खोपको मात्रा पूरा गरी आउने विदेशी पर्यटकलाई अनअराइभल भिषा उपलब्ध गराउने, नाका खोल्ने, क्वारेन्टिन बस्नु नपर्ने जस्ता कार्यको संघले स्वागत गरेको छ।