इजरायल जान ६ हजारबढीले भाषा परीक्षा दिए

इजरायल जान ६ हजारबढीले भाषा परीक्षा दिए

काठमाडौं । सरकारले सोमबार इजरायल जान इच्छुक युवाहरुको भाषा परीक्षा लिएको छ । वैदेशिक रोजगार विभागले काठमाडौंका विभिन्न ११ स्थानका १६ परीक्षा केन्द्रमा परीक्षा लिएको हो ।

परीक्षा सञ्चालनमा शान्तिपूर्ण तवरमा भएको विभागका प्रवक्ता कमल ज्ञवालीले जानकारी दिए । परीक्षामा सहभागी हुन ९ हजार ६९९ जनाले आवेदन दिएकोमा ७ हजार ९ जनाले परीक्षाका लागि प्रवेश पत्र बुझेका थिए ।

योग्यता पुरा गरेर प्रवेशपत्र लिनेमा ३ हजार ७२७ पुरुष र ३ हजार २८२ जना महिला थिए । त्यसमध्ये परीक्षामा ६ हजार ३१७ जना सहभागी भएको र ६९२ जना अनुपस्थित रहेको ज्ञवालीले जानकारी दिए

प्रकाशित मिति:     २९ भाद्र २०७८, मंगलवार  |    Himali Khabar