“ट्राफिक प्रहरीले शुरु गर्‍यो रातमा समेत गति नियन्त्रण अभियान”

“ट्राफिक प्रहरीले शुरु गर्‍यो रातमा समेत गति नियन्त्रण अभियान”

काठमाडौं । “के तपाई रातको समयमा तिब्रगतिमा सवारी चलाउनुहुन्छ रु होसियार १ ट्राफिक प्रहरीको कारबाहीमा परिएला है ।“महानगरीय ट्राफिक प्रहरी महाशाखाले रातको समयमा तिब्रगतिका कारणले हुने सडक दुर्घटना न्यूनिकरण गर्न ‘नाइट भिजन लेजर स्पीड गन’ सहितको चेकिङ्ग शुरु गरेको छ ।

बिशेषगरि कोटेश्वर(सुर्यबिनायक सडक, रिङ्गरोड र चौडा सडकहरुमा तिब्रगतिमा सवारी चलाई दुर्घटना हुने गरेको तथ्यलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले दिनको समयमा लेजर गनको प्रयोग गरि तिब्रगति नियन्त्रणको अभियान शुरु गर्दै आएको छ ।

महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले दैनिक रुपमा दिउँसो हुने चेकिङ्गमा तिब्रगतिमा सवारी चलाउने ३५र४० जना चालकहरुलाई लेजर गन मार्फत कारबाही गर्दै आएको भन्दै अब भने रातको समयमा समेत ओभरस्पिड चेकिङ्ग गरि गति नियन्त्रण गर्ने अभियान पहिलो पटक शुरु गरेको जानकराी दिए ।
स्पीड गन प्रयोगमा ल्याएकै दिन सातदोबाटो ग्वार्को क्षेत्रमा ओभर स्पीडमा सवारी चलाउने धेरै सवारी चालकहरुलाई नियन्त्रणमा लिई सचेत गराएको र नाईट स्पीड चेकिङ्गलाई कडाईका साथ लगिने समेत महाशाखाले जानकारी दिएको छ ।

प्रकाशित मिति:     १६ भाद्र २०७८, बुधबार  |    Himali Khabar