काठमाडौं। आन्तरिक हवाई यात्रुलाई अनिवार्य गराइएको फेस शिल्ड प्रयोग हटाइएको छ। फेसशिल्ड प्रयोगमा अनिवार्य नगराइए पनि वायुसेवा कम्पनीले मास्कको प्रयोग भने अनिवार्य गराएका छन्।
निजी वायुसेवा कम्पनी बुद्ध, यती, श्री लगायत विभीन्न वायुसेवा कम्पनीले बुधबारदेखि यात्राका लागि अनिवार्य फेस शिल्डको प्रयोग बन्द गरेको जनाएका छन्। फेस शिल्ड प्रयोगलाई यात्रुले झन्झटिलो मान्नुका साथै यात्रापछि जथाभावी फालेर फोहर हुन थालेपछि प्रयोगमा अनिवार्य नगरिएको बुद्ध एयरले जनाएको छ।
फेस शिल्ड प्रयोगका कारण वातावारणीय हिसाबले विमानस्थल फोहर हुँदै आएको श्री एयरलाइन्सले जनाएको छ।