तीन महिनापछि जापान र हङकङ उडानको तयारी, टिकट बुकिङ सुरु

तीन महिनापछि जापान र हङकङ उडानको तयारी, टिकट बुकिङ सुरु

काठमाडौं । कोभिड दोस्रो लहरका कारण तीन महिनादेखि हङकङ र जापानतर्फ बन्द भएको नेपाल वायुसेवा निगमले नियमित उडान पुनः सुरु हुने भएको छ। हङकङ उडानका लागि निगमले दुई दिन अगाडिदेखि टिकट बुकिङ सुरु गरिसकेको जनाएको छ।निगमको कमर्सियल डिपार्टमेन्टले दिएको जानकारी अनुसार यो गन्तव्यका लागिः एकतर्फी भाडादर ७० हजार रुपैयाँ निर्धारण गरिएको छ।

यसैगरी जापान उडानका लागि पनि सेडुलिङको प्रक्रिया सुरु भइसकेको निगमले जनाएको छ। आउँदो सेप्टेम्बर पहिलो सातादेखि जापानतर्फ दुईतर्फी नियमित उडान सुरु गर्ने योजना छ। निगमले मलेसिया, दुबई, दोहा, दिल्ली लगायतका गन्तव्यमा नियमित उडान गर्दै आएको छ।

प्रकाशित मिति:     ३१ श्रावण २०७८, आईतवार  |    Himali Khabar