रेखाले एक मिनेट प्रोमोको ५ करोड लिइन्

रेखाले एक मिनेट प्रोमोको ५ करोड लिइन्

एजेन्सी।भारतीय अभिनेत्री रेखाले चर्चित टेलिभिजन सिरियल‘गुम है किसी के प्यार मे’को एक मिनेट प्रोमोमा अभिनय गरेवापत ५ करोड भारतीय रपैयाँ लिएकी छन्।प्रोमोमा उनले आफ्नो सुमधुर आवाजमा सिरियलको कथा रोमाञ्चक मोडतर्फ जाने इशारा गरेकी छन्।

रेखालाई सिरियलमा विशेष भूमिकामा राखिएको छ। टीआरपी चार्टमा ‘गुम है किसी के प्यार मे’ टप ५ भित्र छ। हालै यसको नयाँ प्रोमो रिलिज गरिएको थियो जहाँ रेखालाई देखाइएको छ।

भारतीय फिल्म क्षेत्रमा लामो समय एकछत्र राज गर्ने अभिनेत्री हुन् रेखा। चेन्नईमा जन्मे–हुर्केकी रेखाको बाल्यकाल निकै कष्टपूर्ण रह्यो।

प्रकाशित मिति:     २७ श्रावण २०७८, बुधबार  |    Himali Khabar