नाङ्लो रेस्टुरेन्टका संस्थापक कक्षपतिको निधन

नाङ्लो रेस्टुरेन्टका संस्थापक कक्षपतिको निधन

काठमाडौं । नाङ्लो रेस्टुरेन्टका संस्थापक एवं व्यवसायी श्याम सुन्दरलाल कक्षपतिको निधन भएको छ । कक्षपतिको थाइल्यान्डको बैंककस्थित एक अस्पतालमा सोमबार निधन भएको हो ।

उनी क्यान्सरबाट पीडित थिए । उनी उपचारका लागि करिब दुई महिनाअघि बैंककको ब्रुमुनगार्ड अस्पतालमा भर्ना भएका थिए ।

कक्षपतिले दरबारमार्गमा ४५ वर्षअघि नाङ्ग्लो सुरु गरेका थिए । होटल एसोसिएसन हानका पूर्वअध्यक्षसमेत रहेका कक्षपतिका पत्नीसहित एक छोरा र एक छोरी छन् ।

प्रकाशित मिति:     २६ श्रावण २०७८, मंगलवार  |    Himali Khabar