यती एयरलाइन्सको ‘यति सस्तो अफर’ अन्तर्गत पोखरा र सिमराको भाडा १५ सय

यती एयरलाइन्सको ‘यति सस्तो अफर’ अन्तर्गत पोखरा र सिमराको भाडा १५ सय

काठमाडौं । यति एयरलाइन्सले काठमाडौंदेखि विभिन्न ६ वटा गन्तव्यका लागि ‘यति सस्तो’ अफर अन्तर्गत न्यून भाडादर कायम गरेको छ । एयरलाइन्सले अगस्ट ८ तारिखदेखि अगस्ट १४ तारिखसम्म लागू हुने गरी अफर ल्याएको हो ।

एयरलाइन्सले ल्याएका नयाँ अफर अनुसार काठमाडौं–सिमराका लािग प्रतिटिकट १५ सय रुपैयाँ, काठमाडौं–पोखराका लागि प्रतिटिकट १५ सय रुपैयाँ तोकेको छ । त्यसैगरी काठमाडौं–भैरहवाका लागि १८ सय रुपैयाँ, काठमाडौं बिराटनगरका लागि १८ सय रुपैयाँ, काठमाडौं भद्रपुरका लागि १९ सय रुपैयाँ र काठमाडौं–नेपालगञ्जका लागि २५ सय रुपैयाँ भाडादर कायम गरिएको छ ।

यो अफरको उपयोग गर्नका लागि यात्रुले यती एयरलाइन्सको मोबाइल एप वा वेवसाइटमा गएर टिकट काट्नुपर्ने हुन्छ ।

प्रकाशित मिति:     २४ श्रावण २०७८, आईतवार  |    Himali Khabar