कोरियामा रोजगारी तत्काल नखुल्ने

कोरियामा रोजगारी तत्काल नखुल्ने

काठमाडौं। कोभिड–१९ को जोखिम फेरि बढ्न थालेपछि दक्षिण कोरियाको रोजगारी तत्काल नखुल्ने भएको छ। १७ महिनादेखि कोरियामा नेपालीलाई प्रवेश गराउन ईपीएस नेपाल र कोरियन पक्षले प्रयास गरिरहेको भएपनि तत्काल जाने सम्भावना नदेखिएको हो।

फेरि तीव्र रुपमा कोरोनाको जोखिम बढ्दै गएकाले नेपालबाट श्रमिक लैजान अनिश्चित भएको वैदेशिक रोजगार विभाग ईपीएस शाखाका निर्देशक इन्द्र गौतमले बताए।

प्रकाशित मिति:     १४ श्रावण २०७८, बिहीबार  |    Himali Khabar