काठमाडौं । लायन्स क्लव अफ काठमाडौं प्रणामी समाजले बालाजुको बस पार्कस्थित बीजी मलको प्राङ्गणमा रक्तदान काय्रक्रम सम्पन्न गरेको छ । उक्त संस्थाले शनिबार एक कार्यक्रम आयोजना गरी रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
रक्तदान कार्यक्रममा ७० जनाले सहभागीता जनाएको कार्यक्रम संयोजक भेषराज भट्ट (प्रकाश) ले जानकारी दिए । कोभिड १९ को माहामारीलाई लक्षित गरी कोहि कसैले पनि रगतको कारण ज्यान गुमाउन नपरो भनेर रक्तदान कार्यक्रम आयोजना गरिएको भट्टराईले बताए ।
कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं नेपाल रक्तदाता समुहका अध्यक्ष केदार प्रसाद न्यौपानेले सहभागिता जनाएका थिए । नेपाल रेडक्रस सोसाइटी भक्तपुर दुधपाटी शाखा कार्यालयमा आगामी दिनमा पनि यस्ता किसिमका सामाजिक कार्य गर्दै जाने संस्थाका प्रतिनिधि महेश कँडेलले जानकारी दिए ।