११ महिनामा नेपालबाट १ खर्ब २१ अर्ब २५ करोडको सामान निर्यात

११ महिनामा नेपालबाट १ खर्ब २१ अर्ब २५ करोडको सामान निर्यात

काठमाडौं । चालु आर्थिक वर्षको ११ औं महिना सम्ममा नेपालको व्यापार घाटा १२ खर्ब ६२ अर्ब ११ करोड रुपैयाँ पुगेको छ ।
भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७७/७८ को ११ औं महिनासम्मको व्यापार घाटा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २४.६१ प्रतिशत बढी हो ।

गत आर्थिक वर्षको यही अवधिमा व्यापार घाटा १० खर्ब १२ अर्ब ८१ करोड रुपैयाँ रहेको थियो ।

यस्तै ११ महिनामा नेपालको निर्यात व्यापार १ खर्ब २१ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । यो अंक गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ३७.७८ प्रतिशत बढी हो ।

प्रकाशित मिति:     १० असार २०७८, बिहीबार  |    Himali Khabar