अब आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन गरिने

अब आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन गरिने

काठमाडौं । सरकारले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको छ । कोभिड–१९ महामारी नियन्त्रणका लागि स्थगन गरिएका हवाई उडान शर्तसहित पुनःसञ्चालन गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गन्तव्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर उडान सञ्चालन हुनेछन् । स्वास्थ्यको पूर्ण पालना हुनेगरी अर्को आदेश जारी नभएसम्मका लागि आन्तरिकतर्फ कूल उडान सङ्ख्याको ५० प्रतिशतमा नबढ्ने गरी सञ्चालन गरिने र उपयुक्त उडान तालिका र मिति पर्यटन मन्त्रालयले तय गर्ने छ ।

अन्तर्राष्ट्रियतर्फ पनि नियमित हवाई उडान सङख्या थप गर्ने निर्णय भएको छ ।

प्रकाशित मिति:     ९ असार २०७८, बुधबार  |    Himali Khabar