कञ्चनपुर । केहिदिन यता सुदुरपश्चिम प्रदेशका विभिन्न नाकाबाट भारत जानेको संख्या बढ्न थालेको छ । भारतमा कोरोना संक्रमण बढेपछि नेपाल फर्केकाहरु पुन: रोजगारीका लागि भारत जान थालेका हुन ।
कोरोना सङ्क्रमणको दोस्रो लहरको दर घटिरहेको भएपनि अझै पुर्ण रुपमा अवस्था सामान्य बनिसकेको छैन् । तर कोरोना त्रासदीका बीच जिविका चलाउन मजदूरी गर्न भारत जाने क्रम भने बढ्दै गएको छ । दैनिक सयौंको संख्यामा नेपालीहरु भारत प्रवेश गर्नेगरेका छन ।
उसो त सुदूरपश्चिम प्रदेशमा जारी निषेधाज्ञामा सार्वजनिक सवारी सञ्चालनमा नआएपनि गौरीफन्टा नाकामा भने भारत जाने नेपालीहरुको लाम लाग्न थालेको छ । नेपालमा रोजगारी नहुँदा दैनिक जीवन गुजारा चलाउन समस्या भएकाले जिखिमका लागि भएपनि भारत जानुको विकल्प नभएको उनीहरु बताउछन् ।