आन्तरिक उडान सञ्चालन गर्न वायुसेवा संघको माग

आन्तरिक उडान सञ्चालन गर्न वायुसेवा संघको माग

काठमाडौं । नेपाल वायुसेवा संचालक संघले कोभिड-१९ को दोस्रो लहरकोे संक्रमण दर कम हुँदै गएकाले आन्तरिक उडान खोल्नु पर्ने माग राखेको छ ।

कोभिडको पहिलो लहरमा १८० दिन र दोस्रो लहरमा ४० दिनदेखि आन्तरिक उडान बन्द भएकाले यसबाट वायुसेवा कम्पनी, कर्मचारी र यात्रुलाई मार परेको भन्दै सबै स्वास्थ्य मापदण्ड अपनाएर आन्तरिक उडान संचालन गर्न सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग माग गरेको हो ।

विज्ञप्तीमा भनिएको छ ‘कोभिड संक्रमण दर घट्दो अवस्थामा छ । यस्तै अहिले कोरोना माहामारी नियन्त्रणका लागि स्वास्थ्य सामग्री सहजै उपलब्ध भएको र खोप पनि विभिन्न देशबाट आउने क्रम जारी भएकाले आन्तरिक विमान खुला गर्नु पर्ने संघको दाबी छ ।

प्रकाशित मिति:     २६ जेष्ठ २०७८, बुधबार  |    Himali Khabar