काठमाडौं । चालू आर्थिक बर्ष २०७७÷०७८ को दश महिनामा ३२ अर्ब ९ लाख रुपैयाँ बराबरको मोबाईल फोन नेपाल भित्रिएको छ ।
भन्सार विभागका अनुसार १० महिनामा ३२ अर्बका ६३ लाख ५५ हजार २३४ सेट मोबाईल भित्रिएको छ । गत बर्ष सोहि अवधिमा १४ अर्ब ६८ लाख ९ करोड रुपैयाँका ३९ लाख ५१ हजार सेट मोबाईल आयात भएको थियो ।
यो अवधिमा सबैभन्दा बढी चीन, भारत, भियतनाम, दुबईबाट मोबाईल सेट बढी आएका छन् । चीनबाट मात्रै १९ अर्ब रुपैयाँ बराबरको ५२ लाख सेट मोबाईल आयात भएको छ भने भारतबाट ११ अर्ब रुपैयाँ बराबरका ८ लाख सेट मोबाईल नेपाल भित्रिएको छ ।
यी लगाएत हङ्कङ, इटाली, जर्मनी, डेनमार्क, अष्ट्रेलिया, जपान, मलेसिया लगाएत ५० बढी देशबाट नेपालमा मोबाइल आयात भएका छन् ।
चालु आवको दस महिनासम्ममा मोबाइल आयातबापत बाट मात्रै सरकारले पाँच अर्ब रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरिसकेको छ ।