काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी राजकुमार केसीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
आज बिहान नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा केसीको मृत्यु भएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ । कागेश्वरी मनोहरा नगरपालिकाको मूलपानी स्थायी घर भएका डीएसपी केसीलाई २ हप्ता अगाडि संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि केसीलाई प्रहरी अस्पतालमा भर्ना गरिएको थियो ।
केसी प्रहरी संगठन भित्र इमान्दार, दक्ष र कर्तव्यनिष्ठ प्रहरी अधिकारीको रुपमा चिनिन्थे ।