काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि बनेको सिफारिस समिति सदस्यबाट डा. विजयनाथ भट्टराईले राजीनामा दिएका छन्। उनले मंगलबार अर्थमन्त्री विष्णु पौडेलसमक्ष राजानामा दिएको बताए। भट्टराई नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर हुन्।
डा. भट्टराईले भर्नर सिफारिस समिति गठन भएपछि एकपटक पनि बैठक नबसेकाले राजीनामा दिन बाध्य भएको बताए। समिति गठन भएको १ महिना बित्नै लाग्दा एउटा पनि बैठक बस्न नसकेको बताए।
चैत ११ गते अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको थियो। समितिका अर्का सदस्यमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेल छन्। गभर्नर पद भने चैत २४ गतेदेखि रिक्त छ। गभर्नर सिफारिस प्रक्रिया अघि नबढेपछि सरकारले २५ चैतदेखि डेपुटी गभर्नर नीलम ढुंगानालाई कायममुकायम जिम्मेवारी दिएको छ। अब सरकारले नयाँ सदस्य नियुक्त गरेपछि मात्रै नयाँ गभर्नर नियुक्तीको प्रक्रिया अघि बढ्ने छ । किन की राष्ट्र बैंक ऐनमै सिफारिस समितिले गभर्नरका लागि एक जना डेपुटी गभर्नरसहित तीन जनाको नाम सिफारिस गर्नेछ । तिनै तीन जनामध्येबाट सरकारले एक जनालाई गभर्नर नियुक्त गर्नेछ ।