ललितपुरको मलपोखरीमा करिब पाँच सय अक्सिजन सिलिन्डर बेवारिस फेला

ललितपुरको मलपोखरीमा करिब पाँच सय अक्सिजन सिलिन्डर बेवारिस फेला

काठमाडौं । ललितपुरमा करिब पाँच सयवटा अक्सिजन सिलिन्डर बेवारिस अवस्थामा फेला परेको छ । भैंसेपाटी जाने बाटोमा पर्ने मल पोखरीस्थित खाली जग्गामा ती सिलिन्डर त्यत्तिकै फ्यालिएको अवस्थामा पाइएको हो ।

समाजसेवी अन्सु यादवका अन्ुसार उनलाई एकजना मित्रले ती सिलिन्डरको बारेमा जानकारी दिएका हुन् । कोरोना महामारीमा अक्सिजनको अभाव हुने बिरामीलाई उनले अक्सिजन उपलब्ध गराएर सहयोग गर्दै आएकी छिन् ।

स्थानीय नागरिक र जनप्रतिनिधिहरु पनि त्यो सिलिन्डरका बारेमा बेखबर छन् । उनले करिब पाँच सयको संख्यामा ती सिलिन्डर रहेको र धेरैजसो काम लाग्ने अवस्थाकै रहेको पनि बताए । अहिले कोरोना संक्रमितको संख्यासँगै गम्भीर बिरामीको संख्यामा वृद्धि भएपछि अस्पतालहरुमा अक्सिजनको हाहाकार भएको छ ।

प्रकाशित मिति:     ३ जेष्ठ २०७८, सोमबार  |    Himali Khabar