काठमाडौं छाड्नेलाई आज रातिसम्मको समय

काठमाडौं छाड्नेलाई आज रातिसम्मको समय

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी निषेधाज्ञाको कारण काठमाडौं उपत्यकामा अलपत्र भएकालाई गन्तव्यसम्म पुग्न दिन आज रातिसम्म समय उपलब्ध गराएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले उपत्यकामा रोकिएका सर्वसाधारणलाई उपत्यका छाड्न आज रातभर अनुमति दिएको बताए । पराजुलीका अनुसार बसपार्क र नाकामा अलपत्र परेका सर्वसाधारणलाई गन्तव्यमा पुग्न दिनको लागि उद्दारस्वरुप प्रशासनले यस्तो निर्णय गरेको हो । बाहिर जान चाहने सर्वसाधारणले आफू जान चाहेको जिल्लाका स्थानीय निकायको सिफारिस भने अनिवार्यरुपमा पेश गर्नुपर्ने पनि सीडीओ पराजुलीले जानकारी दिए ।

प्रकाशित मिति:     ३१ बैशाख २०७८, शुक्रबार  |    Himali Khabar