स्वास्थ्य मापदण्ड पालना गरेर यात्रु ओसारपसार गर्न पाउनुपर्छ : महासचिव सिटौला

स्वास्थ्य मापदण्ड पालना गरेर यात्रु ओसारपसार गर्न पाउनुपर्छ : महासचिव सिटौला

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भोलीबाट सुरु हुने निषेधाज्ञामा हवाइ यातायात सूचारु गर्ने तर यातायातका साधनहरु बन्द गर्ने निर्णय विभेदकारी भएको भन्दै विरोध जनाएको छ। महासंघका महासचिव पुष्ण् प्रसाद सिटौला (सरोज) ले आज एक विज्ञप्ती जारी गर्दै उक्त विभेदपूर्ण निर्णयलाई तत्काल पुनर्विचार गरी यातायातबाट पनि स्वास्थ्य मापदण्ड पालना गरी यात्रु ओसारपसार गर्न पाउने व्यवस्था गर्न माग गरेका छन् ।

उपत्यकामा भोलीदेखि एक सातासम्म निषेधाज्ञा गरिएको छ।

गत वर्ष लामो समय बन्द गरिँदा यातायात क्षेत्र धरासायी भएको भन्दै व्यवसायीहरुले यस वर्ष यातायात व्यवसाय बन्द गर्न नहुने बताएका छन् । हवाइ उडान सुचारु गर्ने तर यातायात मात्र बन्द गरेर कोरोना संक्रमण नियन्त्रण नहुने महासचिव सिटौलाको तर्क छ । उनले सबै पक्ष जिम्मेवार भए मात्र कोरोना संक्रमण नियन्त्रण हुने भन्दै आफूहरु सरकारले तोकेका सबै मापदण्ड पालना गरेर यात्रु बोक्ने व्यवस्था तत्काल गर्न सरकारसँग माग गरेका छन् ।

प्रकाशित मिति:     १५ बैशाख २०७८, बुधबार  |    Himali Khabar