आईपीएलको सट्टेबाजी चाउने ११ जना पक्राउ

आईपीएलको सट्टेबाजी चाउने ११ जना पक्राउ

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको सट्टेबाजी गरेको आरोपमा प्रहरीले काठमाडौं उपत्यकाबाट ११ जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको अपराध महाशाखाले चलाएको अपरेसनका कार्यक्रममा ठमेल, झोंसे लगायतका स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुमध्येलाई छानेर ११ जनालाई मुद्दा चलाउने तयारी गरको छ । उनीहरुले ह्वाट्स एप, भाइबर जस्ता सामाजिक सन्जाल प्रयोग गरेर भारतमा भएका बिभिन्न खेलमा सट्टेबाजी गराएको पाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:     १३ बैशाख २०७८, सोमबार  |    Himali Khabar