चालक, सहचालक तथा यात्रुलाई अनिवार्य मास्कको प्रयोग गर्न ट्राफिक प्रहरीको आग्रह

चालक, सहचालक तथा यात्रुलाई अनिवार्य मास्कको प्रयोग गर्न ट्राफिक प्रहरीको आग्रह

काठमाडौं । ट्राफिक प्रहरीले सवारी साधनका चालक, सहचालक तथा यात्रुलाई अनिवार्य मास्कको प्रयोग गर्न आग्रह गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विश्वव्यापी रुपमा फैलिएको दोस्रो चरणको कोरोना संक्रमणलाई मध्यनजर गर्दै चालक, सहचालक तथा यात्रुलाई अनिवार्य रुपमा मास्कको प्रयोग गर्न आग्रह गर्दै सचेतनामूलक अभियान सञ्चालन गरेको छ ।

महाशाखाका प्रमुख जनक भट्टराईले सार्वजनिक सवारी साधनमा कोरोना सङ्क्रमणको सम्भावना बढी रहेकाले माक्सको प्रयोगलाई कडाइ गर्नका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जानकारी दिए । महाशाखासहित काठमाडौं उपत्यकाका ४३ वटै ट्राफिक कार्यालयलाई जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न भनिएको छ।

ट्राफिक प्रहरीले सडकमा बसेर पर्चा, पम्प्लेट र प्ले कार्डमार्फत सचेतनामूलक कार्यक्रम गरेको हो । पछिल्लो समय नेपालमा दैनिक कोरोना संक्रमितको संख्या बढ्दै गएको छ।

प्रकाशित मिति:     १० बैशाख २०७८, शुक्रबार  |    Himali Khabar