काठमाडौं फेरि विश्वकै नम्बर एक प्रदूषित शहर बन्यो

काठमाडौं फेरि विश्वकै नम्बर एक प्रदूषित शहर बन्यो

काठमाडौं । काठमाडौं फेरि विश्वकै प्रदूषित शहरको सूचीमा शीर्ष स्थानमा उक्लिएको छ । सोमबारदेखि काठमाडौं विश्वकै अतिप्रदूषित शहरको सूचीमा शीर्ष स्थानमा परेको हो ।

पछिल्लो केही दिनयता हावा नलागेको, पानी नपरेको र डढेलो नियन्त्रणमा नआएकाले काठमाडौँ उपत्यकाको हावामा धुवाँ र धुलोका कण थुप्रिएर प्रदुषित बनेको हो । हावाको गुणस्तर मापन गर्ने आइक्युएयरका अनुसार काठडको हावा सरदर २३३ एक्युआईमा छ । जुन स्वास्थ्यका लागि निकै हानिकारक मानिन्छ । सामान्यतया प्रदूषणको मात्रा १५० देखि माथि पुग्नुलाई हानिकारक मानिन्छ ।

हावामा प्रदूषणको मात्रा खतराको तह नाघेर २०० माथि पुग्नु काठमाडौं बस्न र हिडडुल गर्न स्वास्थ्यका लागि जोखिमपूर्ण हुने बताइन्छ । प्रदूषण बढेपछि काठमाडौँमा सास फेर्न समस्या बढ्दै गएको छ भने आँखा पोल्ने र शरीर पनि भारी हुने समस्या दैनिक बढेका छन् ।

प्रकाशित मिति:     ३१ चैत्र २०७७, मंगलवार  |    Himali Khabar