काठमाडौं, १९ चैत । सहारा बिजनेश ग्रुपका अध्यक्ष सुदर्शन राज शर्माको ‘म र मेरो ३१ वर्ष’ नामक पुस्तक बजारमा आउँने भएको छ । एक युवा उद्यमीको संघर्ष, सफलता र असफलताका कथा समेटिएको उक्त पुस्तक बैशाख १३ गतेदेखि बजारमा उपलब्ध हुने जानकारी दिइएको छ।
उनको यो पुस्तक उद्यमी बन्न चाहनेहरुका लागि फलदायी हुने विश्वास लिइएको छ।
शर्माको सहारा बिजनेश ग्रुपले हाल पर्यटन, हाइड्रो, कन्स्ट्रक्सन, कृषि लगायतका क्षेत्रमा लगानी गरिरहेको छ । मुलुकका सातवटै प्रदेशमा कृषि र पर्यटन क्षेत्रमा लगानी विस्तार गर्ने उनको योजना छ । भोटेचौरमा रिर्सोट र बुढानिलकण्ठमा ४ रोपनी जग्गामा ज्येष्ठ नागरिक र एकल व्यक्तिहरूलाई तीन तारे होटल र हस्पिटलको सुविधा सहितको आश्रय दिने उद्देश्यले सहारा ज्यारिटीक होम निर्माणको काम भइरहेको शर्माले जानकारी दिए ।
१८ वर्षकै उमेरमा सुन्धारास्थित सहारा केयर होम हस्पिटलमा रिसेप्सनिष्टबाट जागिर सुरु गरेका उनी १० वर्षको अवधिमा अफिसर हुँदै महाप्रबन्धकसम्मको जिम्मेवारी पाएका थिए । त्यो जिम्मेवारी छाडेर उनी उद्यमशिलता तिर लागेका हुन ।