काठमाडौं, १८ चैत । काठमाडौं उपत्यकासहित देशभर शुक्रबारदेखि लागेको तुवाँलो अझै हटेको छैन।
जल तथा मौसम विज्ञान विभागका अनुसार तुवाँलोले मुलुकका धेरैजसो स्थानको आकाश ढाकेको छ।
वनजंगलमा डढेलो, आगलागीका घटना बढ्नुका साथै सुक्खा बढ्नु र वायुमण्डलको माथिल्लो तह स्थिर भई दिँदा चैतमा तुवाँलो लागेको हो। यसले काठमाडौं उपत्यकासहित देशका मुख्य सहरमा प्रदूषण ह्वात्तै बढाएको छ।
यसमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको बताइएको छ ।