हिमाली र पहाडी जिल्लामा फागु पूर्णिमा मनाइँदै

हिमाली र पहाडी जिल्लामा फागु पूर्णिमा मनाइँदै

काठमाडौं, १५ चैत । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्‍भावनाको सन्देश लिई आउने फागु पर्व विभिन्न रङ लगाएर मनाइन्छ ।

यस वर्ष कोभिड-१९ को प्रभाव विश्वव्यापीरूपमा बढ्दै गएकाले फागु पर्वमा पानी र रङ प्रयोग नगर्न प्रशासनले आह्वान गरेको छ । साथै घर परिवारमै फागु पूर्णिमा मनाउन पनि प्रशासनले अनुरोध गरेको छ ।

प्रकाशित मिति:     १५ चैत्र २०७७, आईतवार  |    Himali Khabar