काठमाडौं, ८ चैत । चक्रपथ सफाइ अभियान अन्तर्गत हिजो काठमाडौं महानगरपालिका वडा १३ को बाफल क्षेत्रमा सफाइ गरिएको छ । उक्त सफाइ अभियानमा कान्तिपुर सिसडोल वातावरण सेवा प्रा.लि.ले पनि सहभागिता जनाएको थियो ।
कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सो क्षेत्रको सफाइमा सहभागिता जनाएको हो । कम्पनीले फोहोर ब्यबस्थापनबारे सचेतनाका लागि समय समयमा विभिन्न स्थानमा कार्यक्रम गर्दै आएको छ ।
`स्वच्छ सफा शहर, हामी सबैको रहर’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै कम्पनीले झन्डै दुई दशकदेखि काठमाडौं महानगरपालिकाको वडा नं १३,१४ र १५ मा फोहोर ब्यवस्थापनको काम गरिरहेको छ ।
हिजोको १ सय ९८ औ हप्ताको सफाइ कार्यक्रममा प्रमुख अथितिको रुपमा पुर्व प्रहरी महानिरीक्षक सर्बेन्द्र खनाल सहभागी थिए । त्यस्तै कार्यक्रममा वडा १३ का सदस्य, कलन्की ट्राफिक प्रमुख सहित नेपाली सेना , शसत्र प्रहरी, जनपद प्रहरी, ट्राफिक प्रहरी लगायत सयौं अभियन्ता र स्थानीयको सहभागितामा २ ट्रक फोहर संकलन गरिएको संयोजक ताराबहादुर कुँवरले जानकारी दिए ।
यो अभियान २०७४ सालदेखी सुरु भएको हो ।