नेपाल प्रहरीमा प्रश्नपत्र बाहिरिएको प्रकरण : तीन जना प्रहरीलाई बर्खास्त र ११ जनालाई विभागीय कारबाही गर्न सिफारिस

नेपाल प्रहरीमा प्रश्नपत्र बाहिरिएको प्रकरण : तीन जना प्रहरीलाई बर्खास्त र ११ जनालाई विभागीय कारबाही गर्न सिफारिस

काठमाडौं । नेपाल प्रहरीको युएन मिसन परीक्षाको प्रश्नपत्र बाहिरिएको प्रकरणमा गठित छानबिन समितिले तीन जना प्रहरीलाई बर्खास्त गर्न सिफारिस गरेको
बर्खास्तमा परेका प्रहरी कर्मचारीमा प्रहरी नायब निरीक्षक जनक थापा, प्रहरी हवल्दार कुमार शाह र कार्यालय सहयोगी सुरेश बम छन्।

थापा परीक्षा शाखामा कार्यरत् थिए। शाह केही महिनाअघि मात्रै युएन शाखाबाट साइबर ब्युरो सरूवा भएका थिए भने बम युएन शाखामा कार्यरत् थिए। शाह परीक्षार्थी पनि थिए। सुरूमा उनीकहाँ नै प्रश्नपत्र पुगेको थियो।

समितिले युएन शान्ति मिसन शाखाका प्रहरी उपरीक्षक अनुपम शमशेर राणा, परीक्षा सञ्चालन समितिका प्रहरी उपरीक्षक वेद विष्ट, प्रहरी नायब उपरीक्षक रुपेश खड्का, सुगन्ध श्रेष्ठसहित ११ जनालाई विभागीय कारबाहीको सिफारिस पनि गरेको छ।

प्रकाशित मिति:     २७ श्रावण २०७८, बुधबार  |    Himali Khabar