काठमाडौं । प्रहरीले अवैधरुपमा विभिन्न ब्राण्डका नक्कली कस्मेटिक सामान र सेनिटाइजर नेपालमै बनाएर बेच्ने एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौं, औषधि विभाग र वाणिज्य तथा आपूर्ति विभागको संयुक्त टाेलीले काठमाडौंको सानो भर्याङस्थित श्री नाथ हर्वल एन्ड कष्मेटिक इन्डष्टिले ह्यान्ड सेनिटाइजर लगायत विभिन्न कस्मेटिक सामान नक्कली उत्पादन गरी बिक्री वितरण गर्न तयार पारी भण्डारण गरी राखेको सूचना पाएपछि छापा मारेको हो।
सो क्रममा प्रहरीले भारत घर भएका सन्चालक रोशन जैसवाल र धादिङ घर भएका म्यानेज दिपक श्रेष्ठलाई पक्राउ गरि आवश्यक कारवाही अघि बढाइएको जनाएको छ । यस्तै प्रहरीले २ सय काटुन सेनिटाइजर बरामद गर्नुका साथै अवैध उद्योग सिल गरेको छ । उद्योगमा ५ करोड रुपैयाँ भन्दा माथिको अबैध कस्मेटिक सामान रहेको प्रहरी जनाएको छ ।
उद्योगमा उत्पादित गुणस्तरहिन फेस क्रिम, तेल लगायतका नक्कली कस्मेटिक सामानहरु भारतमा उत्पादन भएको हो भनि झुक्याई स्टिकरहरु आफैले छपाई गरी खाली बोतलहरुमा लेभलिङ तथा महंगो मुल्य राखेर बिक्री गर्न पठाउने गरेको पाइएको छ । उत्पादित सामान प्याकिङका लागि उद्योगमा खाली प्याकेटहरु समेत ठूलो मात्रामा भण्डारण गरेर राखिएको छ ।