रक्सी चोरेको आरोपमा ३ प्रहरी अधिकारी निम्बन

रक्सी चोरेको आरोपमा ३ प्रहरी अधिकारी निम्बन

जनकपुरधाम । रक्सी चोरेको आरोपमा सिराहा प्रहरीले ३ जना अधिकारीलाई निलम्बन गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहाले रक्सी चोरीको आरोप खेपेका एक प्रहरी सहायक निरीक्षक (असई) सहित तीन जनालाई निलम्बन गरेको हो ।

लहान नगरपालिका वडा नम्बर २३ गढिया चोकस्थित पूजा होटल एवं एसके मदिरा पसलबाट भोड्का रक्सी चोरेको आरोपमा असई नवलकिशोर ठाकुर र जवानद्वय अन्नु कुमार राय र नरेश कुमार राय निलम्बनमा परेका हुन ।

इलाका प्रहरी कार्यालय लहानमा कार्यरत उनीहरूलाई प्रहरी नियमावली २०७१ बमोजिम सोमबारदेखि लागू हुने गरी निलम्बन गरिएको उनीहरुलाई निलम्बन गरिएको सिराहा प्रहरीका प्रवक्ता शालिग्राम शर्माले बताए ।

प्रकाशित मिति:     १७ जेष्ठ २०७८, सोमबार  |    Himali Khabar