काठमाडौं । झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छली गर्ने दुई कम्पनीविरुद्ध ३० करोड २८ लाख रुपैयाँभन्दा बढी विगो मागसहित मुद्दा दर्ता भएको छ। राजस्व अनुसन्धान विभागले हेटौंडाको न्यु राहुल मोबाइल सेन्टर र वीरगञ्जको ब्याहुत ट्रेडर्सका सञ्चालकहरुविरुद्ध छुट्टा–छुट्टै मुद्दा दर्ता गरेको हो।
ती दुई मुद्दामा कूल ३० करोड २८ लाख दुई हजार ५ सय ५३ रुपैयाँ विगो असुल गरी उक्त फर्महरुका कारोबार सञ्चालकरप्रोप्राइटर तथा बैंक खाता सञ्चालकहरुलाई जरिवाना र कैद माग गरिएको छ। विभागका अनुसार हेटौंडा उपमहानगरपालिका ५ स्थित न्यु राहुल मोबाइल सेन्टरका प्रोप्राइटर काजल केशरीसमेतले झुटा तथा नक्कली मू्ल्य अभिवृद्धि कर विजक प्रयोग गरी राजस्व छली गरेको पाइएको छ।
यस्तै वीरगञ्ज महानगरपालिका१२ रानिघाटस्थित ब्याहुत ट्रेडर्सका प्रोप्राइटर अनिलकुमार कलवारले पनि झुटा तथा नक्कली मू्ल्य अभिवृद्धि कर विजक प्रयोग गरी राजस्व छली गरेको पाइएको विभागले जनाएको छ।