मलेसियाका प्रधानमन्त्रीले राजालाई बुझाए राजीनामा

मलेसियाका प्रधानमन्त्रीले राजालाई बुझाए राजीनामा

काठमाडौं । मलेसियाका प्रधानमन्त्री मुहिद्दिन यासिनले राजीनामा दिएका छन्। सोमबार उनले राजालाई राजीनामा पत्र बुझाएको समाचार संस्था एपीले जनाएको छ। संसदमा बहुमत गुमाएसँगै उनले राजीनामा दिएका हुन्।

विज्ञान तथा प्रविधि मन्त्री खैरी जमलुद्दिनले इनस्टाग्राममार्फत् राजालाई राजीनामा दिएको घोषणा गरेका थिए।प्रधानमन्त्री पदमा नियुक्त भएको १८ महिना नबित्दै उनको राजीनामा आएको हो। अब त्यहाँ कसले सरकार बनाउँछ भन्ने खुलिसकेको छैन।

प्रकाशित मिति:     ३२ श्रावण २०७८, सोमबार  |    Himali Khabar