काठमाडौं । नेदरल्यान्ड्सका तथ्यांक सुरक्षा अधिकारीहरूले बालबालिकाको गोपनीयता उल्लंघन गरेको भन्दै बिहीबार टिकटकविरुद्ध सात लाख ५० हजार युरो बराबरको जरिवाना घोषणा गरेका छन् ।
नेदरल्यान्ड तथ्यांक संरक्षण प्राधिकरणले भनेको छ, ‘टिकटकको एप स्थापनासम्बन्धी जानकारी अंग्रेजीमा रहेको र डच बालबालिकाले यसलाई सजिलै नबुझ्ने भएकाले उनीहरू झुक्किएका छन् ।’
‘टिकटकको व्यवस्थापनले गोपनीयतासम्बन्धी सूचना डच भाषामा नदिएकोले उनीहरूको व्यक्तिगत तथ्यांक कसरी एपले संकलन गर्छ भन्ने आवश्यक जानकारी नपाएको देखिएको छ,’ डिपिएद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘यो गोपनीयता कानुनको उल्लंघन हो, जुन यो सिद्धान्तमा आधारित छ कि मानिसहरूलाई उनीहरूको व्यक्तिगत तथ्यांक के भइरहेको छ भन्ने बारे स्पष्ट जानकारी दिनुपर्दछ ।’